यर्मिया 44:22 - नेपाली नयाँ संशोधित संस्करण22 जब परमप्रभुले तिमीहरूका दुष्ट चाल र तिमीहरूले गरेका घृणित कामहरू अझै अरू सहन सक्नुभएन, तब तिमीहरूको देश सरापको पात्र र बासिन्दाविना उजाड़ भएको थियो, जस्तो आज पनि छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 आजको दिन तिमीहरूको देश ध्वस्त भएर पडिरहेको छ र कोही पनि त्यहाँ बास गर्दैन। त्यसको दशा डरलाग्दो छ। मानिसहरूले त्यसको नाम सरापको रूपमा प्रयोग गर्छन् किनभने परमप्रभुले तिमीहरूका दुष्ट र पापी कामहरू अरू बढी सहन सक्नुहुन्न। Viz kapitolaपवित्र बाइबल22 तिनीहरूले गरेका कुकर्महरू परमप्रभुले जुन घृणा गर्नुहुन्छ अब सहनुहुन्न। यही कारणले तिमीहरूको देशमा कोही पनि बस्दैन र आज जस्तो छ, त्यो श्रापित, उजाड र बाँझो भएको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 जब तिमीहरूले गरेका तिमीहरूका दुष्ट र घिनलाग्दा कामहरूलाई याहवेहले अझ सहन सक्नुभएन, तब तिमीहरूको देश श्रापित भयो र कुनै बासिन्दा नरहने गरी उजाड भयो, जुन आजको दिनसम्म त्यस्तै छ। Viz kapitola |