यर्मिया 44:17 - नेपाली नयाँ संशोधित संस्करण17 तर हामीले भनेको हरेक काम हामी अवश्य पूरा गर्नेछौं। हामी र हाम्रा पिता-पुर्खाले र हाम्रा राजाहरू र अधिकारीहरूले यहूदाका नगरहरूमा र यरूशलेमका गल्लीहरूमा स्वर्गकी रानीको निम्ति धूप बालेझैँ र अर्घ-बलि चढ़ाएझैँ हामी पनि चढ़ाउनेछौं। त्यस बेला हामीले प्रशस्त खान पाउँथ्यौँ। हाम्रो फलिफाप भएको थियो, र हामीलाई कुनै किसिमको हानि भएको थिएन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 हामीले गर्छौं भनेका सबै थोक हामी गर्नेछौं। स्वर्गकी रानी हाम्री देवीलाई हामी त्यसरी नै बलि चढाउनेछौं र हाम्रो अर्धबलि पनि चढाउनेछौं, जसरी हामी र हाम्रा पुर्खा, राजा र अगुवाहरूले यहूदाका सहरहरू र यरूशलेमका सडकहरूमा चढाउने गर्थ्यौं। त्यति बेला हामीसित प्रसस्त खानेकुरा थियो, हाम्रो फलिफाप भएको थियो र हामीलाई दु:ख-कष्ट थिएन। Viz kapitolaपवित्र बाइबल17 हामीले स्वर्गकी रानीलाई बलिदानहरू चढाउछौ भनी प्रतिज्ञा गरेका छौं र हामीले जे प्रतिज्ञा गरेका छौं त्यही गर्ने छौं। हामी बलिदानहरू चढाएउँछौ अनि उनको पूजामा हामी उनलाई अर्घबलि खन्याउँछौं। पहिले पनि हामीले यसै गरेका थियौं हाम्रा पिता-पुर्खाहरू, हाम्रा राजाहरू तथा हाम्रा अधिकारीहरूले विगतमा त्यसै गरे। यहूदा शहर र यरूशलेमको गल्लीहरूमा पनि हामीले त्यसै गर्यौं। त्यस समयमा हामीले स्वर्गकी रानीको पूजा गर्यौ र हामीसँग प्रशस्त भोजनहरू थियो। हामी सफल भयौं हामीलाई केही भएको थिएन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 हामीले गर्छौँ भनेका सबै कुरा हामी अवश्य गर्नेछौँ: हामी र हाम्रा पितापुर्खाहरू, हाम्रा राजाहरू र हाम्रा अधिकारीहरूले यहूदाका सहरहरूमा र यरूशलेमका सडकहरूमा पहिले गरेझैँ, हामी स्वर्गकी रानीलाई धूप बाँल्नेछौँ र तिनलाई अर्घबलि चढाउनेछौँ। त्यस बेला हामीसँग प्रशस्त भोजन थियो र हामी सम्पन्न थियौँ; अनि हामीमाथि कुनै विपत्ति आएको थिएन। Viz kapitola |