Online Bible

- Reklamy -




यर्मिया 43:2 - नेपाली नयाँ संशोधित संस्करण

2 तब होशयाहका छोरा अजर्याह र कारेहका छोरा योहानान र सबै हठी मानिसहरूले यर्मियालाई भने, “तिमीले झूट बोलिरहेका छौ! ‘तिमीहरू मिश्रदेशमा बसोबास गर्न जानैहुँदैन’ भनी भन्‍नलाई परमप्रभु हामीहरूका परमेश्‍वरले तिमीलाई पठाउनुभएको होइन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 तब होशयाहका छोरा अजर्याह र कारेहका छोरा योहानान र अरू सबै अहङ्कारी मानिसहरूले मलाई यसो भने, “तपाईंले झूटो कुरा भन्‍दै हुनुहुन्‍छ। परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई मिश्रमा बसोबास गर्न नजान भन्‍न तपाईंलाई पठाउनुभएको होइन।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 होशायाहको छोरो अजर्याह, कारेहको छोरो योहानान, अनि सबै अभिमानी मानिसहरू घमण्डी र हठ्ठी थिए। तिनीहरूले यर्मियालाई भने, “यर्मिया तिमी झूटो छौ! परमप्रभु हामीहरूका परमेश्वरले हामीलाई ‘तिमीहरू मिश्रमा बस्नु जानु भन्नु भनी तिमीलाई सुझाउ दिनु भएको छैन।’

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 तब होशायाहका छोरा अजर्याह, कारेहका छोरा योहानान र सबै अहङ्कारी मानिसहरूले यर्मियालाई यसो भने, “तिमीले झूट बोलिरहेका छौ! याहवेह हाम्रा परमेश्‍वरले तिमीलाई ‘तिमीहरू इजिप्टमा बसोबास गर्नलाई जाँदै नजानू’ भनेर भन्‍न पठाउनुभएको होइन;

Viz kapitola kopírovat




यर्मिया 43:2

Následuj nás:

Reklamy


Reklamy