यर्मिया 43:12 - नेपाली नयाँ संशोधित संस्करण12 त्यसले मिश्रदेशका देवताहरूका मन्दिरहरूमा आगो लगाइदिनेछ। त्यसले उनीहरूका मन्दिरहरूलाई जलाइदिनेछ, र देवताहरूलाई कैद गरेर लानेछ। जसरी गोठालाले आफ्नो लुगा ओढ्छ, त्यसरी नै त्यसले मिश्रदेशलाई ओढ्नेछ र त्यो त्यहाँबाट केही हानि नभई फर्कनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 मिश्रका देवी-देवताका मन्दिरहरूमा उसले आगो लगाइदिनेछ र ती देवताका मूर्तिहरू हात पारी कति जलाउनेछ र कति आफूसित लैजानेछ। गोठालोले आफ्नो वस्त्र उठाएर पहिरिएझैँ बेबिलोनका राजाले मिश्रदेश पहिरेर एउटै चोट नपाई फर्कनेछ। Viz kapitolaपवित्र बाइबल12 नबूकदनेस्सरले मिश्रका झूटो देवताहरूको मन्दिरहरूमा आगो जलाउनेछ। उसले ती मन्दिरहरू जलाउनेछ र ती मूर्तिहरू लैजानेछ। जसरी एकजना गोठालाले आफ्नो पोषाक सफा पार्छ। त्यसरी नै, नबूदकनेस्सरले मिश्रलाई सफा पार्ने छ। तब उसले मिश्रालाई सुरक्षित छाडिदिनेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 त्यसले इजिप्टका देवताहरूका मन्दिरहरूमा आगो लगाइदिनेछ, र तिनीहरूका मन्दिरहरू जलाइदिनेछ; अनि तिनीहरूका देवताहरूलाई कैद गरेर लैजानेछ। जसरी गोठालाले आफ्नो लुगालाई सफा गर्न जुम्रा निकालेर फ्याँक्छ, त्यसरी नै त्यसले इजिप्टलाई निकालेर सफा गरेर सुरक्षितसाथ बाटो लाग्नेछ। Viz kapitola |