Online Bible

- Reklamy -




यर्मिया 41:10 - नेपाली नयाँ संशोधित संस्करण

10 त्‍यसपछि इश्‍माएलले मिस्‍पामा बाँकी रहेका जम्‍मै मानिसहरूलाई— राजाका छोरीहरू र अरू मानिसहरू, जुनलाई राजकीय अङ्गरक्षकका सेनापति नबूजरदानले अहीकामका छोरा गदल्‍याहको हातमा सुम्‍पेका थिए, ती सबैलाई त्‍यसले कैद गर्‍यो। यी कैदीहरूलाई लिएर सिमाना पारि अम्‍मोनीहरूकहाँ जानलाई त्‍यो हिँड़्यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 त्‍यसपछि तिनले राजाका छोरीहरू र सेनापति नबूजरदानले गदल्‍याहका जिम्‍मामा दिइराखेका मिस्‍पामा भएका अरू मानिसहरूलाई कैद गरे। तिनीहरूलाई कैदी बनाई इश्‍माएल अम्‍मोनका ठाउँतिर लागे।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 इश्माएलले मिस्पा शहरका सारा मानिसहरूलाई आफ्नो कब्जामा पारे अनि अम्मोनी मानिसहरूको देश पार गरे। ती मानिसहरूमा राजाको छोरीहरू अनि अन्य जे मानिसहरू त्यहाँ छाडिएका थिए। तिनीहरू थिए, बाबेलका राजाका विशेष रक्षकहरू कप्तानले, नबूजरदान गदल्याहलाई ती मानिसहरूको हेरचाह गर्न भनी नियुक्त गरेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 तब मिस्पामा भएका बाँकी रहेका मानिसहरू, राजाका छोरीहरू र त्यहाँ छोडिएका सबै मानिसहरू, जसमाथि राजकीय सेनापति नबूजरदानले अहीकामका छोरा गदल्याहलाई नियुक्त गरेका थिए, तिनीहरू सबैलाई इश्माएलले कैदी बनाए। नतन्याहका छोराले तिनीहरूलाई कैदी बनाएर अम्मोनीहरूको इलाकामा जानलाई हिँडे।

Viz kapitola kopírovat




यर्मिया 41:10

Následuj nás:

Reklamy


Reklamy