Online Bible

- Reklamy -




यर्मिया 40:5 - नेपाली नयाँ संशोधित संस्करण

5 तापनि यर्मिया जान लाग्‍दा नबूजरदानले फर्केर भने, “शापानका नाति, अहीकामका छोरा गदल्‍याहकहाँ जाऊ, जसलाई बेबिलोनका राजाले यहूदाका नगरहरूमाथि राज्‍यपाल नियुक्त गर्नुभएको छ। त्‍यहाँ तिनीसँगै अरू मानिसहरूसित तिमी बस, अथवा तिमीलाई जता जान मन लाग्‍छ त्‍यतै जाऊ।” तब सेनापतिले तिनलाई खाने भत्ता र उपहार दिए, र तिनलाई छोड़िदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 मैले केही जवाफ दिइनँ र नबूजरदानले भने, “अहीकामका छोरा शापानको नाति गदल्‍याहकहाँ फर्किजाऊ। तिनलाई बेबिलोनका राजाले यहूदाका सहरहरूका बडा-हाकिम खटाएका छन्। तिमी तिनीकहाँ गएर आफ्‍ना मानिसहरूका माझमा बस्‍न सक्‍छौ वा तिम्रो जहाँ जाने विचार हुन्‍छ, त्‍यहाँ जान सक्‍छौ।” तब तिनले मलाई एउटा उपहार र केही भोजन साथमा लैजान दिए र बिदा गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 अथवा शापानको नाति अहीकामको छोरो गदल्याहकहाँ जाऊ। बाबेलका राजाले गदल्याहलाई यहूदाको राज्यपाल नियुक्त गरेका छन्। जाऊ गदल्याहकहाँ तिम्रा मानिसहरू माझ बस अथवा तिम्रो इच्छा अनुसार तिमी जहाँ चाहन्छौ त्यहीं जाऊ।” त्यसपछि नबूजरदारले यर्मियालाई केही भोजन र उपहार प्रदान गरे अनि बिदा गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 अनि यर्मिया जान लाग्दा नबूजरदानले थपेर भने, “शापानका नाति, अहीकामका छोरा गदल्याहकहाँ फर्केर जानुहोस्, जसलाई बेबिलोनका राजाले यहूदाका सहरहरूमाथि राज्यपाल नियुक्त गर्नुभएको छ। अनि तिनीसँग मानिसहरूबीच तपाईं बस्‍न सक्नुहुन्छ, अथवा तपाईंलाई जहाँ जान ठिक लाग्छ, त्यहीँ जान सक्नुहुन्छ।” तब सेनापतिले तिनलाई केही खानेकुराहरू र उपहार दिएर तिनलाई जान दिए।

Viz kapitola kopírovat




यर्मिया 40:5

Následuj nás:

Reklamy


Reklamy