यर्मिया 4:30 - नेपाली नयाँ संशोधित संस्करण30 हे उजाड़ पारिएकी, तँ के गरिरहिछस्? तैंले रातो पोशाक पहिरेकी, र सुनका गहना पहिरेर आफूलाई सिँगारेकी अर्थ के हो? तँ किन गाजल लगाएर तेरा आँखा ठूलो पार्छेस्? व्यर्थमा तँ आफूलाई सुन्दर बनाउँछेस्। तेरा प्रेमीहरूले तँलाई घृणा गर्छन्, तिनीहरू तेरो ज्यान लिन खोज्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 हे यरूशलेम तेरो विनाश हुनेछ! किन तैँले रातो पोशाक पहिरन्छस्? किन तैँले गर-गहना लाउछस्? आँखामा गाजल लगाउँछस्? कसको निम्ति तैँले आफैंलाई व्यर्थै सिङ्गार गर्छस्। तेरा प्रेमीहरूले तँलाई त्यागेका छन् र तँलाई मार्न चाहन्छन्। Viz kapitolaपवित्र बाइबल30 यहूदा तिमी नष्ट भएकाछौ, यसकारण अहिले तिमी के गरिरहेका छौ? तिमी किन तिम्रो सब भन्दा राम्रो रातो वस्त्र लगाईरहेका छौ? किन तिमी तिम्रो सुनका गरगहनाहरू लगाई रहेछौ? तिमी किन आफैंलाई सुन्दर पारिरहेकाछौ? खाली यो समयको बर्बादी हो। तिम्रा प्रेमीहरूले तिमीलाई घृणा गर्छन। तिनीहरू तिम्रो ज्यान लिनु खोज्दैछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 हे उजाड पारिएकी यरूशलेम, तँ के गर्दैछेस्? तैँले किन रातो वस्त्र पहिरहन्छेस्? र सुनको गहना लगाउँछेस्? तेरो आँखामा किन गाजल लगाउँछेस्? तँ व्यर्थमा आफूलाई सिङ्गार गर्छेस्। तेरा प्रेमीहरूले तँलाई घृणा गर्छन्; तिनीहरूले तँलाई मार्न खोज्दैछन्। Viz kapitola |