यर्मिया 39:4 - नेपाली नयाँ संशोधित संस्करण4 जब यहूदाका राजा सिदकियाह र सबै सिपाहीहरूले उनीहरूलाई देखे, तब तिनीहरू दुई पर्खालका बीचमा भएको ढोकाबाट छिरेर राजाको बगैँचाबाट भएर राती नै सहरदेखि बाहिर भागे, र अराबातिर लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 जब सिदकियाह राजा र तिनका सबै सेनाले के भइरहेछ भन्ने देखे, तिनीहरूले राती नै सहरबाट भाग्ने चेष्टा गरे। तिनीहरू राजाको बगैँचाबाट भएर दुई पर्खालबीच भएको फाटकबाट छिरी यर्दनको बेसीतर्फ लागे। Viz kapitolaपवित्र बाइबल4 यहूदाका राजा सिदकियाहले बाबेलका अधिकारीहरूलाई देखे। यसकारण उनी आफ्ना सिपाहीहरू सहित राजाको बगैंचाको फाटकबाट राती भागे अनि दुइ पर्खालको बीच भएर यरूशलेम शहरबाट बाहिर आए। तिनीहरू अराबा तिर लगे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 जब यहूदाका राजा सिदकियाह र अरू सबै सेनाले बेबिलोनीहरूलाई देखे, तब तिनीहरू भागे; अनि तिनीहरू राजाको बगैँचाका दुई वटा पर्खालहरू बीचको मूलढोकाबाट निस्केर राति नै सहरबाट भागेर अराबातिर लागे। Viz kapitola |