यर्मिया 36:31 - नेपाली नयाँ संशोधित संस्करण31 म त्यसलाई, त्यसका सन्तानलाई र त्यसका टहलुवाहरूलाई तिनीहरूका दुष्ट्याइँको निम्ति दण्ड दिनेछु। म तिनीहरूमाथि र यरूशलेममा बस्नेहरू र यहूदाका मानिसहरूमाथि ती सबै सर्वनाश ल्याउनेछु, जसको घोषणा मैले तिनीहरूका विरुद्धमा गरिसकेको छु, किनभने यी कुरामा तिनीहरूले ध्यानै दिएनन्’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 तिमीहरू सबैका पापका कारणले म तँलाई, तेरा सन्तान र भारदारहरूलाई दण्ड दिनेछु। मेरो चेतावनीप्रति नत तैँले केही ध्यान दिइस् नत यहूदा र यरूशलेमका बासिन्दाहरूले केही ध्यान दिए। यसकारण जुन विपत्ति ल्याउने डर मैले तिमीहरूलाई देखाएको थिएँ, त्यो विपत्ति तिमीहरू सबैमाथि म ल्याउनेछु।” Viz kapitolaपवित्र बाइबल31 म, परमप्रभुले, यहोयाकीम र उसका नानीहरूलाई दण्ड दिनेछु। उसका अधिकारीहरूलाई पनि दण्ड दिनेछु। कारण तिनीहरू दुष्ट छन् म तिनीहरूमाथि डरलाग्दो विपत्ति ल्याउनेछु भनी मैले चेताउनी दिएको छु। त्यो दुर्भाग्य तिनीहरूमाथि मात्र होइन तर यरूशलेम र यहूदामा बस्ने सम्पूर्ण जातिलाई पनि असर गर्नेछ। मेरो चेताउनी अनुसार जम्मै अधर्मकामहरू तिनीहरूमाथि पार्नेछु तर तिनीहरूले मेरो कुरा सुन्ने छैनन्।’” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 म त्यसलाई, त्यसका छोराछोरीहरूलाई र त्यसका सेवकहरूलाई तिनीहरूका दुष्ट कामको निम्ति दण्ड दिनेछु। म तिनीहरूमाथि, र यरूशलेमका बासिन्दा र यहूदाका मानिसहरूमाथि तिनीहरूको विरुद्धमा मैले घोषणा गरेका हरेक विपत्ति ल्याउनेछु। किनकि तिनीहरूले मेरो चेतावनीमा कुनै ध्यान दिएका छैनन्।’ ” Viz kapitola |