यर्मिया 34:14 - नेपाली नयाँ संशोधित संस्करण14 ‘प्रत्येक सातौँ वर्षमा तिमीहरूका हातमा आफूलाई बेचेका तिमीहरूका हिब्रू दाजुभाइहरूलाई स्वतन्त्र गर्नू। छ वर्षसम्म तिमीहरूको चाकरी गरिसकेपछि त्यसलाई मुक्त गरेर छोड़िदिनैपर्छ’। तापनि तिमीहरूका पिता-पुर्खाले मेरा कुरा सुनेनन् अथवा ध्यानै दिएनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 तिनीहरूले आफूसित छ वर्षसम्म कमारा-कमारी बसी सेवा गरेका यहूदीलाई हरेक सातौँ वर्षमा छुटकारा दिनुपर्छ। तर तिमीहरूका पुर्खाहरूले मेरा कुरामा ध्यान दिएनन् र मैले भनेअनुसार गरेनन्। Viz kapitolaपवित्र बाइबल14 यो करार अनुसार प्रत्येक मानिसले आफ्ना हिब्रू कमाराहरूलाई प्रत्येक सातौं बर्षको आरम्भमा स्वतंन्त्र दिनु पर्छ। प्रत्येक हिब्रू कमारा-कमारी छ बर्षको सेवा पछि स्वतन्त्र हुनु पर्छ। तर तिमीहरूका पिता-पुर्खाहरूले मेरो कुरामा ध्यान दिएनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 ‘प्रत्येक सातौँ वर्षमा तिमीहरूकहाँ आफैँलाई बेचेका तिमीहरूका हिब्रू कमारा दाजुभाइहरूलाई तिमीहरू हरेकले स्वतन्त्र गरिदिनुपर्छ। तिमीहरूका कमारा कमारीहरूले छ वर्षसम्म तिमीहरूको सेवा गरिसकेपछि तिमीहरूले तिनीहरूलाई स्वतन्त्र गरिदिनैपर्छ।’ तापनि तिमीहरूका पितापुर्खाहरूले मेरा कुरामा ध्यानै दिएनन्, अथवा मेरो आज्ञापालन गरेनन्। Viz kapitola |