यर्मिया 34:10 - नेपाली नयाँ संशोधित संस्करण10 यसैले यस करारमा संलग्न भएका अधिकारी र मानिसहरू सबैले आ-आफ्ना कमारा-कमारीलाई स्वतन्त्र गरिदिन र फेरि कमारा नतुल्याउन भनी स्वीकार गरे। अनि तिनीहरूले सहमत भएर उनीहरूलाई स्वतन्त्र गरिदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 सबै मानिसहरू र तिनका अगुवाहरू आ-आफ्ना कमारा-कमारीलाई छुटकारा दिन र तिनीहरूलाई फेरि कमारा-कमारी नबनाउन राजी भए र तिनीहरूलाई छुटकारा दिए। Viz kapitolaपवित्र बाइबल10 यसकारण यहूदाका शासकहरू र मानिसहरूले यो करार स्वीकार गरे। प्रत्येक मानिसले आफ्ना कमारा-कमारीहरू स्वतन्त्र बनाउनेछ। प्रत्येक मानिस राजी भए र सबै कमारा-कमारीहरू स्वतंत्र गरिदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 यसकारण यस करारमा सामेल हुने सबै अधिकारी र मानिसहरूले तिनीहरूका दास-दासीहरूलाई स्वतन्त्र गरिदिने र तिनीहरूलाई अब उसो दासत्वमा नराख्ने कुरामा राजी भए। तिनीहरू त्यो करारमा राजी भए र दास-दासीहरूलाई स्वतन्त्र गरिदिए। Viz kapitola |