यर्मिया 33:5 - नेपाली नयाँ संशोधित संस्करण5 बेबिलोनीहरूसित भएको लड़ाइँमा भत्काइएका थिए। मेरो रीस र क्रोधमा मैले मार्ने मानिसहरूका लाशहरूले ती भर्नेछु। त्यसका सबै दुष्ट्याइँको कारण म मेरो मुख यस सहरदेखि लुकाउनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 कतिले बेबिलोनीहरूसँग लड्दा मैले मेरो रिस र प्रचण्ड क्रोधमा प्रहार गर्न आँटेकाहरूको लाशले घरहरू भरिनेछन्। यस सहरका बासिन्दाहरूका दुष्कर्मले गर्दा मैले यस सहरलाई त्यागेको छु। Viz kapitolaपवित्र बाइबल5 “‘यस शहरको दुष्टकर्मले गर्दा म अब उसो यसको रक्षा गर्ने छैन। यरूशलेमको विरूद्ध युद्ध गर्न बाबेलका सेनाहरू आउनेछ र मेरो क्रोधले मारेको लाशहरूले यो शहर भनिनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 बेबिलोनीहरूसँगको लडाइँमा: ‘मैले आफ्नो रिस र क्रोधमा मारेका मानिसहरूका लासहरूले ती भवन र घरहरू भरिनेछन्। यस सहरका सबै दुष्टताको कारण म यस सहरबाट आफ्नो अनुहार लुकाउनेछु। Viz kapitola |