यर्मिया 33:11 - नेपाली नयाँ संशोधित संस्करण11 त्यहाँ आनन्दको सोर र खुशीको आवाज, अनि दुलहा-दुलहीको सोर र परमप्रभुको घरमा यसो भन्दै धन्यवादको बलि ल्याउनेहरूको सोर फेरि सुनिनेछ, “सर्वशक्तिमान् परमप्रभुलाई धन्यवाद चढ़ाओ, किनभने उहाँ भला हुनुहुन्छ, उहाँको प्रेम सदासर्वदै रहिरहन्छ।” किनकि देशको सुख-शान्ति म फेरि अघिजस्तै तुल्याइदिनेछु,’ परमप्रभु भन्नुहुन्छ’। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 खुसी र आनन्दका सोर र बिहेका भोजका रमाहटको आवाज सुन्नेछौ। मानिसहरूले मेरो मन्दिरमा आफ्ना धन्यवाद बलिहरू लिई आउँदा तिनीहरूले गीत गाएका तिमीहरूले सुन्नेछौ। तिनीहरूले यसो भन्नेछन्: ‘सर्वशक्तिमान् परमप्रभुलाई धन्यवाद देओ किनभने उहाँ भलो हुनुहुन्छ र उहाँको प्रेम सदासर्वदा रहन्छ।’ “म यस देशको फलिफाप पहिलेकोजस्तै गराउनेछु। म परमप्रभु बोलेको छु।” Viz kapitolaपवित्र बाइबल11 तर चाँडै यो ठाउँमा आनन्दको मिठो, दुलहा-दुलहीहरूको खुशीयाली र परमप्रभुमा प्रशंसाको आवाजहरूले गुन्जयमान हुनेछ। ती मानिसहरूले भन्ने छन्,: ‘सेनाहरूका परमप्रभुको प्रशंसा गर। परमेश्वर भलो हुनुहुन्छ। उहाँ सधैँ कृपालु हुनुहुन्छ।’ तिनीहरूले मन्दिरमा धन्यवाद बलि चढाउनेछन् कारण यस ठाउँबाट जे-जे लुटिएको थियो म त्यो पुनः बहाली गराउनेछु अनि अघि जस्तो थियो त्यस्तै बनाउनेछु।” परमप्रभु भन्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 एक पटक फेरि आनन्द र हर्षको सोर, दुलहा र दुलहीका आवाजहरू; अनि याहवेहको भवनमा धन्यवादको भेटी लिएर आउनेहरूका सोरहरू सुनिनेछन्, जसले यसो भन्नेछन्, “सेनाहरूका याहवेहलाई धन्यवाद चढाओ; किनकि सेनाहरूका याहवेह भलो हुनुहुन्छ; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।” किनकि यस देशको सुख-शान्ति फेरि फर्काएर पहिलेको जस्तै म पुनर्निर्माण गरिदिनेछु,’ याहवेह यसो भन्नुहुन्छ। Viz kapitola |