यर्मिया 32:18 - नेपाली नयाँ संशोधित संस्करण18 हजारौँ हजारलाई तपाईं आफ्नो प्रेम देखाउनुहुन्छ, तर पिता-पुर्खाहरूका पापको साटो उनीहरूका पछि आउने छोराछोरीहरूलाई दिनुहुन्छ। हे महान् र शक्तिशाली परमेश्वर, जसको नाउँ सर्वशक्तिमान् परमप्रभु हो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 तपाईंले हजारौंलाई अटुट प्रेम देखाउनुभएको छ तर तपाईंले मानिसहरूलाई तिनीहरूका आमा-बुबाका पापको निम्ति दण्ड पनि दिनुहुन्छ। तपाईं महान् र शक्तिशाली परमेश्वर हुनुहुन्छ, तपाईं सर्वशक्तिमान् परमप्रभु हुनुहुन्छ। Viz kapitolaपवित्र बाइबल18 हे परमप्रभु, तपाईं हजारौं मानिसहरूका लागि कृपालु हुनुहुन्छ, तर तपाईंले पिता-पुर्खाहरूको पापको दण्ड नानीहरूलाई दिनुभयो। हे महान एवं शक्तिशाली परमेश्वर, तपाईंको नाउँ सेनाहरूका परमप्रभु हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 तपाईंले हजारौँ मानिसहरूमाथि प्रेम देखाउनुहुन्छ, तर बुबाआमाको अपराधहरूका दण्ड तिनीहरूपछि तिनीहरूका सन्तानहरूलाई दिनुहुन्छ। हे महान् र शक्तिशाली परमेश्वर, जसको नाम सेनाहरूका याहवेह हो; Viz kapitola |