यर्मिया 31:37 - नेपाली नयाँ संशोधित संस्करण37 परमप्रभु यसो भन्नुहुन्छ: “आकाशलाई नाप्न सकियो भने, र पृथ्वीको जगलाई खोजेर निकाल्न सकियो भने मात्र तिनीहरूले गरेका सबै अधर्मको कारण म इस्राएलका सन्तानलाई फालिदिनेछु,” परमप्रभु भन्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल37 यदि कुनै दिन आकाशको नाप लिन सकिन्छ र पृथ्वीको जगको खोजी गर्न सकिन्छ भने त्यही दिन मात्र उहाँले इस्राएलका सबै मानिसहरूलाई तिनीहरूका दुष्कर्मका कारणले त्याग्नुहुनेछ। Viz kapitolaपवित्र बाइबल37 परमप्रभु भन्नुहुन्छ “म इस्राएलका भावी सन्ताहनरूलाई कहिल्यै अस्वीकार गर्नेछैन। त्यो त्यसबेला मात्र घट्न सक्ला यदि मानिसहरूले माथि आकाश नाप्न सक्यो भने, अनि पृथ्वी मुनीका सारा रहस्यहरू जान्न सक्यो भने। त्यसबेला मात्र म इस्राएलका सन्तानहरूलाई, तिनीहरूले गरेको कुकर्महरूका निम्ति अस्वीकार गर्नेछु।” यो सन्देश परमेश्वरबाट आएको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण37 याहवेह यसो भन्नुहुन्छ: “यदि माथिका आकाशहरू नाप्न सकिन्छ, र मुनि पृथ्वीका जगहरू खोजेर निकाल्न सकिन्छ भने मात्र, म इस्राएलले गरेका पापहरूको कारण तिनीहरूका सन्तानहरूलाई इन्कार गर्नेछु,” याहवेह घोषणा गर्नुहुन्छ। Viz kapitola |