यर्मिया 31:34 - नेपाली नयाँ संशोधित संस्करण34 ‘परमप्रभुलाई चिन’ भनेर अब उसो कुनै मानिसले आफ्नो छिमेकीलाई वा आफ्ना दाजुभाइलाई सिकाउनेछैन। किनकि सानादेखि लिएर ठूलासम्म तिनीहरू सबैले मलाई चिन्नेछन्,” परमप्रभु भन्नुहुन्छ। “किनकि तिनीहरूका अपराधहरू म क्षमा गर्नेछु, र म तिनीहरूका पाप फेरि कहिल्यै सम्झनेछैनँ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 तिनीहरू कसैले आफ्ना छिमेकी वा दाजुभाइलाई परमप्रभु चिनाउनुपर्नेछैन किनभने साना-ठूला सबैले मलाई चिन्नेछन्। म तिनीहरूका दुष्कर्म क्षमा गर्नेछु र तिनीहरूका पापहरू कहिल्यै सम्झनेछैनँ। म परमप्रभु बोलेको छु।” Viz kapitolaपवित्र बाइबल34 तिनीहरूका शाखा-सन्तानहरू र छिमेकीहरूलाई परमेश्वरको बारेमा सिकाउनु पर्दैन् किनभने मानिस ठूलो होस् अथवा सानो, प्रत्येकले मलाई चिन्छ।” यो परमप्रभुबाट आएको सन्देश हो। “म तिनीहरूको कुकर्महरू क्षमा गरिदिनेछु, म तिनीहरूका पापहरूलाई याद गर्ने छैन।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण34 अब उसो कुनै पनि मानिसले आफ्नो छिमेकीलाई अथवा एक-अर्कालाई, ‘याहवेहलाई चिन,’ भनी सिकाउनेछैन; किनकि सानादेखि लिएर ठूलासम्म सबैले मलाई चिन्नेछन्,” याहवेह घोषणा गर्नुहुन्छ। “किनकि म तिनीहरूका दुष्टता क्षमा गरिदिनेछु, र तिनीहरूका पापहरू फेरि सम्झनेछैनँ।” Viz kapitola |