यर्मिया 31:32 - नेपाली नयाँ संशोधित संस्करण32 तिनीहरूका पुर्खाहरूसँग मैले बाँधेको करारजस्तै यो हुनेछैन, जब मैले तिनीहरूलाई हातमा समातेर मिश्रदेशबाट डोर्याएर ल्याएको थिएँ।” परमप्रभु भन्नुहुन्छ, “तिनीहरूले मेरो करार भङ्ग गरे, यद्यपि म तिनीहरूका पिता थिएँ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 त्यो करार मैले तिनीहरूका पिता-पुर्खालाई हातमा समातेर मिश्रबाट निकालेर ल्याउँदा तिनीहरूसित बाँधेको पुरानो करारजस्तो हुनेछैन। म तिनीहरूका स्वामीझैँ थिएँ तापनि तिनीहरूले त्यो करार तोडे। Viz kapitolaपवित्र बाइबल32 यो उनीहरूका पिता-पुर्खाहरूसँग मैले गरेको करार जस्तो हुनेछैन। मैले त्यसबेला त्यो करार गरेको थिएँ जब मैले तिनीहरूलाई तिनीहरूको हात समातेर मिश्रबाट निकाली ल्याएको थिएँ। म तिनीहरूका मालिक थिएँ तापनि तिनीहरूले मेरो करार भङ्ग गरेका थिए।” यो सन्देश परमप्रभुको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 यो त्यो करारजस्तै हुनेछैन, जुन मैले तिनीहरूका पुर्खाहरूसँग बाँधेँ; जब मैले तिनीहरूलाई हात समातेर, इजिप्टबाट डोर्याएर ल्याएको थिएँ; किनकि म तिनीहरूको पति भए तापनि तिनीहरूले मेरो करार भङ्ग गरे,” याहवेह घोषणा गर्नुहुन्छ। Viz kapitola |