यर्मिया 31:28 - नेपाली नयाँ संशोधित संस्करण28 जसरी तिनीहरूलाई उखेल्न, लछार्न र फ्याँक्न, र तिनीहरूमाथि सर्वनाश ल्याउनलाई मैले मेरो दृष्टि तिनीहरूमाथि राखें, त्यसरी नै तिनीहरूलाई निर्माण गर्न र रोप्नलाई मेरो दृष्टि तिनीहरूमाथि राख्नेछु,” परमप्रभु भन्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 अनि जसरी मैले तिनीहरूलाई मिहेनतसित उखेलें, ढालें, फ्याँकें, नाश गरें र ध्वस्त पारें, त्यसरी नै मिहिनेतसित रोप्नेछु, हेरचाह गर्नेछु र हुर्काउनेछु। Viz kapitolaपवित्र बाइबल28 बितेका दिनमा, मैले तिमीहरूलाई उखाल्न, तल झार्न, च्यात-च्युत पार्न, नष्ट पार्न र नोक्सान गर्न नियालें। तर अहिले तिनीहरूलाई निमार्ण गर्न र तिनीहरूको र जग बासाउनँ म तिनीहरूलाई नियाली रहेछु।” यो परमप्रभुबाट आएको सन्देश हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 जसरी मैले तिनीहरूलाई उखेल्न, च्यातचुत पार्न र फ्याँक्न, विनाश गर्न र विपत्ति ल्याउन नियालेर हेरेँ; त्यसरी नै म तिनीहरूलाई निर्माण गर्न र रोप्नलाई पनि नियालेर हेर्नेछु,” याहवेह घोषणा गर्नुहुन्छ। Viz kapitola |