यर्मिया 31:19 - नेपाली नयाँ संशोधित संस्करण19 म बरालिएर गएपछि मैले पश्चात्ताप गरें। मैले बुझेपछि मैले मेरो छाती पिटें। म लज्जित भएँ, र म होचिएँ, किनभने युवावस्थाको कलङ्क मैले बोकेको थिएँ’। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 हामी तपाईंदेखि तर्की गयौं तर चाँडै तपाईंकहाँ नै फर्किआउन चाह्यौं। तपाईंले हामीलाई दण्ड दिनुभएपछि, हामीले कष्टमा आफ्ना शिर झुकायौं। हामी लाज र बदनाममा पर्यौं किनभने जवान छँदा हामीले पाप गरेका थियौं।’ Viz kapitolaपवित्र बाइबल19 परमप्रभु, म तपाईं देखि भडकिएर टाढा भएँ। तर आफूले गरेका अनिष्ट कुराहरूबाट मैले शिक्षा पाएँ। यसकारण मैले मेरो हृदय र जीवन बद्लिएँ आफू युवावस्थामा हुँदा आज्ञानतावश गरेको कामहरूले गर्दा म लज्जित र व्याकुल भएँ।’” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 म बरालिएर गएपछि मैले पश्चात्ताप गरेँ; मैले बुझेपछि मैले आफ्नो छाती पिटेँ। म लज्जित भएँ, र शिर झुकाएँ; किनकि मेरो युवावस्थाको अपमान मैले बोकेको थिएँ।’ Viz kapitola |