यर्मिया 31:18 - नेपाली नयाँ संशोधित संस्करण18 “एफ्राइमको विलाप मैले निश्चय नै सुनें: ‘एउटा नसुध्रिएको बाछालाई झैँ तपाईंले मलाई अनुशासन गर्नुभयो, र म अनुशासित भएँ। मलाई पुनर्स्थापित गर्नुहोस्, र म फर्कनेछु। किनभने तपाईं परमप्रभु मेरा परमेश्वर हुनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 “एफ्राइमले दु:खमा यसो भनेको म सुन्दछु, ‘हे परमप्रभु हामी नसधिएका बहरजस्ता थियौं तर तपाईंले हामीलाई आज्ञापालन गर्न सिकाउनुभयो। हामीलाई फर्काएर ल्याउनुहोस्, हामी तपाईं परमप्रभु हाम्रा परमेश्वरकहाँ फर्कन तयार छौं। Viz kapitolaपवित्र बाइबल18 मैले एप्रैमले यसो भन्दै रोएको सुनेकोछु। ‘हे परमप्रभु तपाईंले साँच्चि नै मलाई दण्ड दिनुभयो, अनि मैले शिक्षा पाएँ। म बाछा जस्तै थिएँ, जसलाई सिकाउनु सकिदैन। मलाई फर्काई ल्याउनु होस्, अनि म तपाईंकहाँ फर्की आउनेछु। तपाईं मेरो लागि साँच्चि कै परमप्रभु परमेश्वर हुनुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 “वास्तवमै मैले एफ्राइमको विलाप सुनेको छु: ‘तपाईंले नसधाइएको बाछोलाई झैँ मलाई अनुशासन सिकाउनुभयो, र म अनुशासित भएको छु। मलाई पुनर्स्थापित गर्नुहोस्, र म फर्कनेछु; किनकि तपाईं याहवेह नै मेरा परमेश्वर हुनुहुन्छ। Viz kapitola |