यर्मिया 31:12 - नेपाली नयाँ संशोधित संस्करण12 तिनीहरू आएर सियोनको उच्च ठाउँहरूमा आनन्दसाथ गाउनेछन्। परमप्रभुको प्रशस्त वरदानको कारण तिनीहरू रमाहट गर्नेछन्— अन्न, नयाँ दाखमद्य र तेल, भेड़ाबाख्राका पाठाहरू र गाई-गोरुका बाछाहरूको कारण तिनीहरूले रमाहट गर्नेछन्। तिनीहरू प्रशस्त पानीले भिजेको बगैँचाजस्तै हुनेछ। तिनीहरू फेरि कहिल्यै अफसोसी हुनेछैनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 तिनीहरू आएर आनन्दसाथ सियोन पर्वतमा भजन गाउनेछन् र मैले दिने अन्न, दाखमद्य, जैतुनको तेल साथै भेडा र गाई-गोरुका दानहरू पाएर तिनीहरू रमाउनेछन्। तिनीहरू जीवनको पानीले राम्ररी भिजेको बारीझैँ हुनेछन् र तिनीहरू कहिल्यै अभावमा पर्नेछैनन्। Viz kapitolaपवित्र बाइबल12 इस्राएलका मानिसहरू सियोनको टाकुरामा आउने छन् र खुशीले चिच्याउने छन्। तिनीहरूका अनुहारहरू परमप्रभुको उदारताले चम्किनेछ। असल कुराहरूका बारे जुन परमेश्वरले तिनीहरूलाई दिनुहुन्छ। परमेश्वरले तिनीहरूलाई अन्न, नयाँ दाखरस, भद्राक्षेको तेल, थुमाहरू र गाई-गोरूहरू दिनु हुनेछ। तिनीहरूको हृदय पानीले भिजेको बारी जस्तो हुनेछ। इस्राएलका मानिसहरूलाई संकष्टहरूले अब पिरोलिने छैनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 तिनीहरू आउनेछन् र सियोनका उच्च ठाउँहरूमा आनन्दसाथ गाउनेछन्; याहवेहबाट प्रशस्ततामा तिनीहरू आनन्दित हुनेछन्— अन्न, नयाँ दाखमद्य र जैतुनको तेल, भेडाबाख्राका पाठापाठी र गाईबस्तुका बाछाबाछीहरूका कारण रमाहट गर्नेछन्। तिनीहरू पानीले सिँचेको बगैँचाझैँ हुनेछन्, अनि तिनीहरू फेरि दुःखी हुनेछैनन्। Viz kapitola |