यर्मिया 31:10 - नेपाली नयाँ संशोधित संस्करण10 “हे जाति-जाति हो, परमप्रभुको वचन सुन। टाढ़ा-टाढ़ा समुद्र-किनारका देशहरूमा घोषणा गर: ‘इस्राएललाई तितरबितर पार्नेले तिनीहरूलाई भेला गर्नुहुनेछ, र गोठालाले आफ्नो बगाललाई रक्षा गरेझैँ उहाँले तिनीहरूलाई रक्षा गर्नुहुनेछ’। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 परमप्रभु भन्नुहुन्छ, “हे जातिहरू हो, मेरा कुरा सुन र टाढा-टाढा समुद्रका किनारसम्म मेरो वचन जोडले प्रचार गर। मैले मेरा प्रजालाई छरपष्ट पारें तर म तिनीहरूलाई जम्मा गर्नेछु र गोठालाहरूले आफ्ना बगालको रक्षा गरेझैँ तिनीहरूको रक्षा गर्नेछु। Viz kapitolaपवित्र बाइबल10 “हे जातिहरू हो, परमप्रभुबाट आएको वचनलाई ध्यान लगाएर सुन यो सन्देश समुद्र, उत्तर र सुदूर भूमिहरूमा फिँजाऊ, ‘परमप्रभुले इस्राएलका मानिसहरूलाई जताततै तितर-बितर पार्नु भएकोछ, तर उहाँले उनीहरूलाई फेरि भेला गरेर ल्याउनु हुनेछ र भेंडा़ गोठालाले आफ्नो भेंडा़ बथानहरू सुरक्षा गरे झैं सुरक्षा गर्नुहुनेछ।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 “हे राष्ट्रहरू हो, याहवेहको वचन सुन; वचनलाई टाढा-टाढाका टापुसम्म घोषणा गर: ‘इस्राएललाई छरपस्ट पार्नुहुनेले तिनीहरूलाई भेला गर्नुहुनेछ, र उहाँले आफ्नो बगाललाई गोठालोले झैँ हेरचाह गर्नुहुनेछ।’ Viz kapitola |