यर्मिया 30:11 - नेपाली नयाँ संशोधित संस्करण11 परमप्रभु भन्नुहुन्छ, ‘म तेरो उद्धार गर्नेछु, तेरो साथमा रहनेछु। जुन जातिहरूकहाँ तँलाई मैले तितरबितर पारेको थिएँ, ती सबलाई म बिलकुलै खतम पार्नेछु। तापनि म तँलाई त बिलकुलै खतम पार्नेछैनँ। म तँलाई न्यायपूर्वक अनुशासन गर्नेछु। तँलाई दण्ड नदिई म पूरै छोड्नेछैनँ’। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 म आएर तिमीहरूलाई बचाउनेछु। जुन जातिहरूमा मैले तिमीहरूलाई तितर-बितर पारेको थिएँ, ती सबैलाई म नाश गर्नेछु तर म तिमीहरूलाई नाश पार्नेछैनँ। “म तिमीहरूलाई दण्ड नदिई छोड्ने त होइनँ तर दण्ड दिंदा म ठीक न्यायले दण्ड दिनेछु। म परमप्रभु बोलेको छु।” Viz kapitolaपवित्र बाइबल11 हे इस्राएल र यहूदका मानिसहरू, म तिमीहरूसँग छु।” यो परमेश्वरबाट आएको सन्देश हो। “म तिमीहरूको रक्षा गर्नेछु। मैले तिमीहरूलाई जुन देशहरूमा तितर-बितर पारें ती सब नष्ट पार्नेछु, तर तिमीहरूलाई नष्ट पार्दिन। यद्यपि तिमीहरूले तिमीहरूको अनिष्ट कर्मको लागि, सजाय भोग्ने पर्नेछ, तर म तिमीहरूलाई ठीकसित अनुशासित पार्ने छु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 म तेरो साथमा छु, र तँलाई बचाउनेछु,’ याहवेह घोषणा गर्नुहुन्छ। ‘मैले तँलाई जुन राष्ट्रहरूको बीचमा छरपस्ट पारेँ, ती राष्ट्रहरूलाई सम्पूर्ण रूपले नाश गरे तापनि म तँलाईचाहिँ पूर्ण रूपले नाश गर्नेछैनँ। तर म तँलाई विनादण्ड चाहिँ छोड्नेछैनँ; म तँलाई न्यायपूर्वक दण्ड दिनेछु।’ Viz kapitola |