यर्मिया 30:10 - नेपाली नयाँ संशोधित संस्करण10 “परमप्रभु भन्नुहुन्छ, ‘यसैले हे मेरो दास याकूब, नडरा। हे इस्राएल, हताश नखा। म तँलाई टाढ़ा देशबाट र तेरा सन्तानलाई निर्वासन भएको देशबाट बचाएर ल्याउनेछु। याकूबलाई फेरि शान्ति र सुरक्षा हुनेछ। कसैले त्यसलाई डर देखाउन सक्नेछैन’। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 “हे मेरा सेवक याकूब, नडरा। हे इस्राएलका बासिन्दाहरू हो, भय नमान। त्यो टाढाको देश, जहाँ तिमीहरू निकालाबास भएर गएका थियौ, त्यहाँबाट म तिमीहरूलाई छुटाएर ल्याउनेछु। तिमीहरू घर फर्कनेछौ र शान्तिमा बास गर्नेछौ। तिमीहरू सुरक्षित रहनेछौ र कसैले तिमीहरूलाई डर देखाउन सक्नेछैन। Viz kapitolaपवित्र बाइबल10 “यसकारण हे याकूब मेरो दास! नडराऊ।” यो परमप्रभुबाट आएको सन्देश हो। “हे इस्राएल! नडराऊ! म तिमीलाई ती सुदूरका देशहरूबाट जोगाएर ल्याउँछु अनि तिमीहरूका सन्तानहरूलाई कैदी बनाउने देशहरूबाट जोगाउनेछु। याकूब फर्कनेछ, अनि फेरि शान्ति पाउनेछ र मेरा मानिसहरूलाई भय देखाउनु शत्रु रहेनछैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 “ ‘यसकारण हे मेरो सेवक याकोब, नडरा; हे इस्राएल, हताश नहो,’ याहवेह घोषणा गर्नुहुन्छ। ‘म निश्चय नै तँलाई टाढाको ठाउँबाट र तेरा सन्तानहरूलाई बेबिलोनको कैदबाट बचाउनेछु। याकोब फेरि शान्ति र सुरक्षामा हुनेछ; अनि कसैले पनि इस्राएललाई भयभीत पार्न सक्नेछैन। Viz kapitola |