यर्मिया 3:18 - नेपाली नयाँ संशोधित संस्करण18 ती दिनमा यहूदाका घराना इस्राएलका घरानासित मिल्नेछ, र मैले तिमीहरूका पिता-पुर्खाहरूलाई उत्तराधिकार स्वरूप दिएको देशमा तिनीहरू उत्तरको देशदेखि एकैसाथ आउनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 त्यस बेला इस्राएल यहूदासित मिल्नेछ र तिनीहरू एकसाथ उत्तरमा कैदमा रहेका देशबाट फर्केर मैले तिनीहरूका पिता-पुर्खालाई सदाकालको निम्ति दिएको देशमा आउनेछन्।” Viz kapitolaपवित्र बाइबल18 ती दिनहरूमा, यहूदाका परिवारहरू इस्राएलका परिवारमा सम्मिलित हुनेछ। तिनीहरू उत्तरमा भएको भूमिबाटसँगै आउनेछन्। तिनीहरू मैले तिनीहरूका पिता-पुर्खाहरूलाई दिएको भूमिमा आउनेंछन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 ती दिनहरूमा यहूदाका घराना, इस्राएलको घरानासित मिल्नेछ; अनि तिनीहरू एकसाथ उत्तरी देशबाट मैले उत्तराधिकारको रूपमा तिमीहरूका पितापुर्खाहरूलाई दिएको देशमा आउनेछन्। Viz kapitola |