यर्मिया 29:6 - नेपाली नयाँ संशोधित संस्करण6 विवाहबारी गरेर छोराछोरीहरू जन्माओ, छोराहरूका निम्ति बुहारीहरू ल्याओ, र छोरीहरूको विवाह गरिदेओ, र तिनीहरूले छोराछोरीहरू जन्माऊन्। त्यहाँ आफ्नो संख्या बढ़ाओ, घटेर नजाओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 बिहेबारी गर र सन्तानहरू खडा गर। तिम्रा छोरा-छोरीहरूले पनि बिहेबारी गरून् र बाल-बच्चाहरू जन्माऊन्। तिमीहरूको सङ्ख्या बढ्नुपर्छ, घट्नुहुँदैन। Viz kapitolaपवित्र बाइबल6 विवाह-बारी गरेर छोरा-छोरीहरू जन्माऊ। आफ्ना छोराहरूको लागि बुहारीहरू रोज। त्यसो गर्दा तिनीहरूले पनि छोरा-छोरीहरू जन्माउनेछन्। त्यहाँ सन्तान बढाऊ, नघटाऊ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 विवाह गर र छोराछोरीहरू जन्माओ; तिमीहरूका छोराहरूका निम्ति पत्नीहरू खोजिदेओ र आफ्ना छोरीहरूको विवाह गरिदेओ, र तिनीहरूका पनि छोराछोरीहरू होऊन्। तिमीहरू संख्यामा वृद्धि हुँदैजाओ, तर घटेर नजाओ। Viz kapitola |