यर्मिया 28:6 - नेपाली नयाँ संशोधित संस्करण6 तिनले भने, “आमेन, परमप्रभुले त्यसै नै गरून्! तिमीले अगमवाणी कहेका कुरा परमप्रभुले पूरा गरिदेऊन्। परमप्रभुको भवनका मालसामानहरू र सबै निर्वासित भएका मानिसहरूलाई उहाँले बेबिलोनबाट यस ठाउँमा फर्काइल्याऊन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 “त्यस्तै होस्! परमप्रभुले त्यस्तै गरून्! उहाँले तिम्रो यो अगमवाणी पूरा गराऊन् र बेबिलोनबाट मन्दिरका सारा धन-सम्पत्ति र त्यहाँ कैदमा लगिएका सबै मानिसहरूलाई फर्काई ल्याऊन्। Viz kapitolaपवित्र बाइबल6 अगमवक्ता यर्मियाले हनन्याहलाई भने, “आमेन। म आशा गर्दछु परमप्रभुले साँच्चि नै त्यो गर्नु हुनेछ परमप्रभुले तिमीले बोलेका वचनहरू पूरा गर्नु हुनेछ। म आशा गर्दछु परमप्रभुले उहाँको मन्दिरबाट जम्मै सामानहरू र मानिसहरू पनि बाबेलबाट यस ठाउँमा फर्काई ल्याउनु हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तिनले भने, “आमेन! याहवेहले त्यसै गरून्! याहवेहको भवनका सबै सामग्रीहरू र निर्वासनमा लगिएका सबैलाई बेबिलोनबाट यस ठाउँमा फर्काएर ल्याउने भनेर, तिमीले गरेको अगमवाणीका वचनहरू याहवेहले पूरा गरिदेऊन्। Viz kapitola |