यर्मिया 26:11 - नेपाली नयाँ संशोधित संस्करण11 तब पूजाहारीहरू र अगमवक्ताहरूले अधिकारीहरू र सबै मानिसहरूलाई यसो भने, “यस मानिसलाई प्राणदण्ड दिनैपर्छ, किनभने यसले यस सहरको विरुद्धमा अगमवाणी गरेको छ। तपाईंहरूले आफ्नै कानले सुन्नुभएको छ!” Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 तब पूजाहारी र अगमवक्ताहरूले ती अगुवाहरू र मानिसहरूलाई भने, “यस मानिसले प्राण दण्ड पाउनुपर्छ किनभने यसले हाम्रा सहरको विरुद्धमा बोलेको छ। त्यसका कुरा तपाईंहरूले आफ्नै कानले सुन्नुभएको छ।” Viz kapitolaपवित्र बाइबल11 त्यसपछि पूजाहारीहरू र अगमवक्ताहरूले शासकहरू र सारा अन्य मानिसहरूलाई यसो भने। तिनीहरूले भने, “यर्मिया मारिनु पर्छ। उनले यरूशलेमको बारेमा नराम्रो कुराहरू भने। तपाईंहरूले उनले त्यस्तो कुराहरू भनेको सुनेकाछौं।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 तब पुजारीहरू र अगमवक्ताहरूले अधिकारीहरू र सबै मानिसहरूलाई भने, “यस मानिसलाई मृत्युदण्ड दिनुपर्छ; किनकि यसले यस सहरको विरुद्धमा अगमवाणी गरेको छ। तपाईंहरूले यो कुरा आफ्नै कानले सुन्नुभएको छ!” Viz kapitola |