यर्मिया 25:33 - नेपाली नयाँ संशोधित संस्करण33 त्यस दिन परमप्रभुले मार्नुभएकाहरू सबै ठाउँमा— पृथ्वीको एक कुनादेखि अर्को कुनासम्म हुनेछन्। उनीहरूका निम्ति कसैले विलाप गर्नेछैन, अथवा ती लाशहरूलाई कसैले जम्मा गर्नेछैन, न त गाड्नेछ। तिनीहरू जमिनमा मलजस्तै हुनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 त्यस दिन परमप्रभुले मार्नुभएकाहरूको लाश पृथ्वीको एक कुनादेखि अर्को कुनासम्म छरिएर रहनेछ। कसैले तिनीहरूका निम्ति विलाप गर्नेछैन, कसैले तिनीहरूका लाश जम्मा गरी गाड्नेछैन। ती लाशहरू मलको थुप्रोझैँ जमिनमा लडिरहनेछन्। Viz kapitolaपवित्र बाइबल33 परमप्रभुले मार्नु भएको मानिसहरूको लाशहरू पृथ्वीको एक कुनादेखि अर्को कुनासम्म छरिएर रहनेछ। मर्नेहरूका निम्ति शोक मनाउने कोही हुँदैन। लाशहरू बटुलिदैन न त दफन नै गरिन्छ। ती लाशहरू खेतमा गोबर झैं छरपस्ट रहन्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण33 त्यस बेला याहवेहद्वारा मारिएकाहरूको मृत शरीर पृथ्वीको एक छेउबाट अर्को छेउसम्म चारैतिर हुनेछन्। तिनीहरूका निम्ति न त शोक गरिनेछ, न त तिनीहरू गाडिनेछन्, तर तिनीहरू भुइँमा छरिएको मलजस्तै हुनेछन्। Viz kapitola |