यर्मिया 23:32 - नेपाली नयाँ संशोधित संस्करण32 साँच्चै नै झूटा सपनाहरू कहनेहरूका विरुद्धमा म छु,” परमप्रभु भन्नुहुन्छ। “मैले तिनीहरूलाई पठाइनँ न नियुक्त गरें, तापनि तिनीहरू ती सपना मेरा प्रजालाई कहेर तिनीहरूलाई असत्यद्वारा भ्रममा पार्दछन्। तिनीहरूले यी मानिसहरूलाई थोरै मात्रामा पनि लाभ पुर्याउँदैनन्,” परमप्रभु भन्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 म परमप्रभु के भन्दछु, सुन! म ती अगमवक्ताहरूका विरुद्धमा छु, जसले झूटै-झूटले भरिएका आफ्ना सपनाहरू बताउँछन्। तिनीहरूले ती सपनाहरू बताएर मेरो प्रजालाई आफ्ना झूट र घमण्डका कुराले भर्माउँछन्। मैले तिनीहरूलाई पठाएको होइनँ, जाओ भनेको होइनँ र तिनीहरूबाट मेरा प्रजालाई केही सहायता हुनेछैन। म परमप्रभु बोलेको छु।” Viz kapitolaपवित्र बाइबल32 म झूटा अगमवक्ताहरूका विरूद्ध छु जसले झूटो सपनाहरू प्रचार गर्छन्।” यो परमप्रभुको सन्देश हो। “तिनीहरूले मेरा मानिसहरूलाई झूटो शिक्षा दिदैं कुबाटो तिर लैजादैछन्। न त मैले तिनीहरूलाई पठाएँ न मेरो पक्षमा बोल्नु भनी आदेश दिएँ। तिनीहरूले कदापि यहूदाका मानिसहरूलाई सहयोग गर्न सक्तैनन्।” यो परमप्रभुको सन्देश हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 हेर, म झूटो सपनाको अगमवाणी गर्ने अगमवक्ताहरूको विरुद्धमा छु,” याहवेह घोषणा गर्नुहुन्छ। “तिनीहरूले तिनीहरूका झूटा अगमवाणीहरू भन्दछन् र आफ्ना अहङ्कारी झूटा कुराहरूद्वारा मेरा मानिसहरूलाई बहकाइदिन्छन्। तर मैले तिनीहरूलाई पठाएको अथवा नियुक्त गरेकै होइनँ। तिनीहरूले यी मानिसहरूलाई कुनै फाइदा पुर्याउँदैनन्,” याहवेह घोषणा गर्नुहुन्छ। Viz kapitola |