यर्मिया 23:15 - नेपाली नयाँ संशोधित संस्करण15 यसकारण ती अगमवक्ताहरूका विषयमा सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ: “म तिनीहरूलाई ऐरेलु खुवाउनेछु, र विष हालेको पानी तिनीहरूलाई पिउन दिनेछु, किनभने यरूशलेमका अगमवक्ताहरूबाटै देशभरि ईश्वरहीनता फैलिएको छ!” Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 “यसैकारण म सर्वशक्तिमान् परमप्रभु ती यरूशलेमका अगमवक्ताहरूबारे यसो भन्दछु, ‘म तिनीहरूलाई खान ऐरेलु र पिउन विष दिनेछु किनभने तिनीहरूले सारा देशलाई भक्तिहीन तुल्याएका छन्।” Viz kapitolaपवित्र बाइबल15 यसकारण सेनाहरूका परमप्रभुले ती अगमवक्ताहरूका बारेमा भन्नुहुन्छ “म ती अगमवक्ताहरूलाई तितो भोजन खाने र विष हालेको पानी पिउने बनाउनेछु किनभने यरूशलेमका अगमवक्ताहरू देखि सम्पूर्ण देश नै दूषित पार्दैछन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 यसकारण अगमवक्ताहरूको बारेमा सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: “हेर, म तिनीहरूलाई तितो भोजन खान लगाउनेछु, र विषालु पानी पिउन दिनेछु; किनभने यरूशलेमका अगमवक्ताहरूले देशभरि नै भक्तिहीनता फैलाएका छन्।” Viz kapitola |