यर्मिया 22:25 - नेपाली नयाँ संशोधित संस्करण25 तेरो प्राण लिन खोज्नेहरूका हातमा म तँलाई सुम्पिदिनेछु, जसदेखि तँ डराउँदछस्— बेबिलोनको राजा नबूकदनेसरको हातमा र बेबिलोनीहरूकहाँ म तँलाई सुम्पिदिनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 ती मानिसहरूका हातमा म तँलाई दिनेछु, जसको तैँले डर मान्दछस् र जसले तेरो ज्यान लिने इच्छा गर्दछ। म तँलाई बेबिलोनको राजा नबूकदनेसर र तिनका सिपाहीहरूका हातमा सुम्पिदिनेछु। Viz kapitolaपवित्र बाइबल25 यहोयाकीन, म तिमीलाई बाबेलका राजा नबूकदनेस्सरलाई र बाबेलवासीहरूलाई सुम्पिनेछु। यी ती मानिसहरू नै हुन जसले तिम्रो प्राण खोजिरहेकाछन् र जोसित तिमी भयभित छौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 म तँलाई मार्न चाहने मानिसहरू, बेबिलोनको राजा नबूकदनेसर र बेबिलोनीहरूका हातमा तँलाई सुम्पिदिनेछु, जससँग तँ डराउँदछस्। Viz kapitola |