यर्मिया 22:13 - नेपाली नयाँ संशोधित संस्करण13 “धिक्कार त्यसलाई, जसले अधर्मले आफ्नो महल बनाउँदछ, जसले आफ्ना माथिल्ला कोठाहरू अन्यायले बनाउँछ, जसले आफ्ना देशवासीहरूलाई सित्तैमा सेवा गर्न लगाउँछ, र तिनीहरूलाई आफ्ना मेहनतको ज्याला दिँदैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 “त्यो मानिस सत्यानाश हुनेछ, जसले अन्यायले आफ्नो घर बनाउँछ र बेइमानीसाथ त्यसको माथिल्लो तला बढाउँछ, सित्तैमा आफ्ना छिमेकीहरूलाई काम लाउँदछ र तिनीहरूका ज्याला दिंदैन। Viz kapitolaपवित्र बाइबल13 “हाय! त्यसलाई जसले आफ्नो मानिसहरूलाई तिनीहरूको श्रमको ज्याला नदिई बे-ईमान्दरीले महल बनायो, अझ ठगेर तला थप्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 “धिक्कार त्यसलाई, जसले अधर्मले आफ्नो महल बनाउँछ, जसले आफ्ना माथिल्ला कोठाहरू अन्यायले बनाउँछ; आफ्ना देशवासीहरूलाई तिनीहरूका परिश्रमको ज्याला नदिई सितैँमा काममा लगाउँछ। Viz kapitola |