यर्मिया 19:4 - नेपाली नयाँ संशोधित संस्करण4 किनकि तिनीहरूले मलाई त्यागेका छन् र यो ठाउँ विदेशी देवताहरूको ठाउँ बनाएका छन्। तिनीहरू आफूले, तिनीहरूका पिता-पुर्खाहरूले र यहूदाका राजाहरूले नचिनेका अरू देवताहरूका लागि बलिदानहरू जलाएर तिनीहरूले यस ठाउँलाई निर्दोषहरूको रगतले भरेका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 यी सबै म गर्नेछु किनकि यी मानिसहरूले मलाई त्यागेका छन् र आफू वा आफ्ना पिता-पुर्खा अथवा यहूदाका राजाहरूले नचिनेका देवताहरूलाई बलिदान चढाएर यस ठाउँलाई बिराना देवताहरूको पूजास्थल बनाएका छन्। तिनीहरूले यस ठाउँलाई निर्दोष प्राणीहरूका रगतले रातै बनाएका छन्। Viz kapitolaपवित्र बाइबल4 म ती कुराहरू हुन दिनेछु किनभने यहूदाका मानिसहरूले मलाई त्यागेका छन्। तिनीहरूले यो ठाउँ विदेशी मूर्तिहरूले भरेकाछन्। यहूदाका मानिसहरूले अन्य देवताहरूलाई बलिहरू चढाए जसलाई न तिनीहरूका पिता-पुर्खाहरू न यहूदाका राजाहरूले चिनेका छन्। अनि तिनीहरूले यो ठाउँ निर्दोष रगतले भरिदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 किनकि तिनीहरूले मलाई त्यागेका छन् र यो ठाउँलाई विदेशी देवताहरूको ठाउँ बनाएका छन्; तिनीहरूले यस ठाउँमा देवताहरूलाई धूप बालेका छन्, जसलाई न तिनीहरूले, न तिनीहरूका पितापुर्खाहरूले, न त यहूदाका राजाहरूले कहिल्यै चिनेका थिए; अनि तिनीहरूले यस ठाउँलाई निर्दोष मानिसहरूका रगतले भरिदिएका छन्। Viz kapitola |