Online Bible

- Reklamy -




यर्मिया 18:18 - नेपाली नयाँ संशोधित संस्करण

18 तिनीहरूले भने, “आऔं, हामीहरू यर्मियाको विरुद्धमा षड्‌यन्‍त्र रचौं, किनकि न त पूजाहारीले सिकाएको व्‍यवस्‍था नष्‍ट हुनेछ, न बुद्धिमान्‌ पुरुषको सल्‍लाह, न अगमवक्ताबाट दिइएको वचन हराउनेछ। यसैले आऔं, हामीहरू कुराद्वारा त्‍यसलाई आक्रमण गरौं, र त्‍यसको कुनै पनि कुरामा ध्‍यान नदिऔं।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 तब मानिसहरूले भने, “आओ, यर्मियालाई चुप पार्न हामी केही गरौं। हामीलाई शिक्षा दिने पूजाहारी, सल्‍लाह दिने ज्ञानी पुरुष र परमेश्‍वरको सन्‍देश सुनाउने अगमवक्ताहरूको कहिल्‍यै कमी हुनेछैन। हामी उसको बदनाम गरौं र उसका कुरा नसुनौं।”

Viz kapitola kopírovat

पवित्र बाइबल

18 तब यर्मियाका शत्रुहरूले भने, “यर्मियाको विरूद्ध योजनाहरू तैयार गरौं। पूजाहारीले दिएको व्यवस्था अथवा ज्ञानीबाट पाइएको सल्लाह अथवा अगमवक्ताको सन्देश नाश हुनेछैन। यसकारण उसको बारेमा झूटा कुराहरू प्रचार गरौं ताकि ऊ नाश होस्। उसले भनेको कुराहरू प्रति ध्यान नदिऊँ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 तिनीहरूले भने; “आओ, हामी यर्मियाको विरुद्धमा योजना बनाऔँ; किनकि न पुजारीद्वारा सिकाइने व्यवस्था न त बुद्धिमान्‌को सल्‍लाह, न त अगमवक्ताहरूबाट आउने वचनको नै अभाव हुनेछ। यसैले आओ हामी त्यसको विरुद्धमा युक्ति रचौँ, र त्यसले भनेको कुनै पनि कुरामा ध्यान नदिऔँ।”

Viz kapitola kopírovat




यर्मिया 18:18

Následuj nás:

Reklamy


Reklamy