यर्मिया 17:25 - नेपाली नयाँ संशोधित संस्करण25 दाऊदको सिंहासनमा विराजमान हुने राजाहरू, आफ्ना अधिकारीहरूसित यस सहरका मूल ढोकाहरूबाट रथ र घोड़ाहरूमा सवार भएर पस्नेछन्— तिनीहरू, यहूदाका मानिसहरू र यरूशलेममा बस्नेहरू आउनेछन्, र यस सहरमा सदासर्वदा मानिसहरू बसोबास गर्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 तब दाऊद राजाका सिंहासनमा राज्य गर्ने तिनीहरूका राजाहरू र राजकुमारहरू यरूशलेमका मूल-ढोकाहरूबाट प्रवेश गर्नेछन्। तब तिनीहरू यहूदा र यरूशलेमका प्रजासाथ रथ र घोडाहरूमा सवार हुनेछन् र यरूशलेम सधैँ मानिसहरूले भरिभराउ हुनेछ। Viz kapitolaपवित्र बाइबल25 “‘यदि तिमीले मेरो आदेश पालन गर्यौ भने, तब राजाहरू अनि राजकुमारहरू जो दाऊदका सिंहासनमा बस्छन् यरूशलेमको प्रवेशद्वारबाट आउँनेछन्। ती राजाहरू रथहरू र घोडाहरूमाथि चढेर आउँनेछन्। यहूदाका मानिसहरू र यरूशलेमका बासिन्दाहरूका नायकहरू ती राजाहरूसित आउँनेछन्। सदा-सर्वदा यरूशलेमले यस प्रवेशद्वारमा मानिसहरूलाई स्वागत गर्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 तब दावीदका सिंहासनमा बस्ने राजाहरू, यस सहरका मूलढोकाहरूबाट तिनीहरूका अधिकारीहरूसँग आउनेछन्। राजाहरू र तिनीहरूका अधिकारीहरू घोडाहरू र रथहरूमा सवार भएर यहूदा र यरूशलेमका मानिसहरूसहित आउनेछन्; अनि तिनीहरू यो यरूशलेम सहरमा सधैँका निम्ति बसोबास गर्नेछन्। Viz kapitola |