यर्मिया 17:16 - नेपाली नयाँ संशोधित संस्करण16 तपाईंको गोठालो हुनदेखि म भागेको छैनँ। तपाईं जान्नुहुन्छ कि निराशाको दिनको इच्छा मैले गरेको छैनँ। मेरो मुखबाट जे निस्कन्छ, त्यो तपाईंको सामुन्ने खुला छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 तर हे परमप्रभु, तिनीहरूमाथि विपत्ति ल्याउनुहोस् भनी मैले तपाईंसित कहिल्यै बिन्ती गरिनँ। तिनीहरूमाथि दु:खका दिन आऊन् भन्ने इच्छा मैले गरिनँ। हे परमप्रभु, मैले के भनें, त्यो तपाईंलाई थाहा छ। Viz kapitolaपवित्र बाइबल16 परमप्रभु, म तपाईंको गोठालो बनिनुबाट भागेर गईनँ। मैले शोकपूर्ण दिनको कहिल्यै इच्छा गरिन। तपाईं जान्नुहुन्छ तपाईंको अघि मैले के भनेको थिएँ यो तपाईंको सामु छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 म तपाईंको सेवामा गोठालो हुनदेखि भागेर गएको छैन; तपाईंलाई थाहा छ, मैले निराशको दिन चाहेको छैन। मेरा ओठबाट निस्केका सबै कुरा तपाईंकै सामु छन्। Viz kapitola |