यर्मिया 16:18 - नेपाली नयाँ संशोधित संस्करण18 तिनीहरूको अधर्म र पापको निम्ति म तिनीहरूलाई दोबर दण्ड दिनेछु, किनकि तिनीहरूले मेरो देशलाई आफ्ना घृणित प्रतिमाहरूका निर्जीव आकारहरूले बिटुलो पारेका छन्, र मेरो उत्तराधिकारलाई तिनीहरूले आफ्ना घिनलाग्दा मूर्तिहरूले भरेका छन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 तिनीहरूका पाप र दुष्ट्याइँको निम्ति म तिनीहरूलाई दोब्बर दण्ड दिनेछु किनभने तिनीहरूले मेरो देशलाई मुर्दाझैँ निर्जीव मूर्तिहरूले बिटुलो पारेका छन् र झूटा देवताहरूले भरेका छन्।” Viz kapitolaपवित्र बाइबल18 म यहूदाका मानिसहरूले गरेका अधर्म कामहरूका निम्ति पुनःक्षतिपूर्ति गर्नेछु। म तिनीहरूलाई प्रत्येक पापको दोबर दण्ड दिनेछु। म तिनीहरूलाई त्यसो गर्नेछु किनभने तिनीहरूले मेरो भूमि घृणित मूर्तिहरूद्वारा दूषित पारि दिए अनि तिनीहरूले मेरो देश तिनीहरूका घृणित मूर्तिहरूले भरिदिए।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 म तिनीहरूका दुष्टता र तिनीहरूका अपराधका निम्ति दोबर दण्ड दिनेछु; किनकि तिनीहरूले मेरो देशलाई तिनीहरूका घृणित मूर्तिहरूका निर्जीव आकृतिहरूले अशुद्ध पारेका छन्, र मेरो उत्तराधिकारको देशलाई आफ्ना घिनलाग्दा मूर्तिहरूले भरिदिएका छन्।” Viz kapitola |