यर्मिया 12:13 - नेपाली नयाँ संशोधित संस्करण13 तिनीहरूले गहूँ छर्नेछन्, तर काँढ़ा पो कटनी गर्नेछन्। तिनीहरूले कष्ट गरेर काम गर्नेछन्, तर केही लाभ हुनेछैन। यसैले आफ्ना कटनीको लाज तिमीहरू सह, कारण परमप्रभुको भयानक रीस तिमीहरूमाथि परेको छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 मेरा प्रजाले गहुँ छरे तर काम नलाग्ने झारपात पो कटनी गरे। तिनीहरूले ठूलो परिश्रम गरे तर हातमा केही परेन। मेरो भयानक क्रोधको कारणले तिनीहरूको फसल नभएकोले तिनीहरू लाजमा परे।” Viz kapitolaपवित्र बाइबल13 मानिसहरूले गहूँ रोप्ने छन् तर तिनीहरूले काँढाहरूको बाली काट्नेछन्। तिनीहरू अधिक मेहनत गर्छन् तर त्यसबाट केही पाउँदैनन्। आफ्नो परिश्रमको फलमा तिनीहरू आफै लज्जित अनुभव गर्नेछन। परमप्रभुको क्रोधले यी सब चीजहरू हुनेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 तिनीहरूले गहुँ छर्नेछन्, तर काँडाहरूको कटनी गर्नेछन्; तिनीहरूले कडा परिश्रम गर्नेछन्, तर केही फाइदा हुनेछैन। याहवेहको डरलाग्दो रिसको कारण, तिनीहरू आफ्नो फसलमा लज्जित हुनेछन्।” Viz kapitola |