यर्मिया 12:1 - नेपाली नयाँ संशोधित संस्करण1 हे परमप्रभु, तपाईं सधैँ धर्मी हुनुहुन्छ, जब म तपाईंको अगि मुद्दा पेश गर्छु। तापनि तपाईंका न्यायको विषयमा म तपाईंसित कुरा गर्न चाहन्छु। दुष्टहरूको चाल किन सफल हुन्छ? अविश्वासीहरू किन आरामसित बस्छन्? Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 हे परमप्रभु, मेरो बारेमा मैले तपाईंसित बहस गर्दा तपाईं नै ठीक ठहरिनुहुनेछ, तापनि न्यायका कुरामा मैले तपाईंलाई प्रश्न गर्नैपर्छ। किन दुष्टहरूको फलिफाप भइरहेको छ? किन बेइमानहरूको उन्नति भइरहेको छ? Viz kapitolaपवित्र बाइबल1 हे परमप्रभु! यदि मैले तपाईंसँग वकालत गरें भने, तपाईं सधैँ धार्मिक नै हुनुहुन्छ। तापनि मलाई केही भन्न दिनुहोस् जुन सही देखिँदैन। किन दुष्ट मानिसहरू सफल हुन्छन्? किन दुष्ट मानिसहरू सम्पन्न जीवन जिउँछन्? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 जब म मेरो मुद्दा तपाईंकहाँ राख्दछु, तब याहवेह, तपाईं सदैव धर्मी हुनुहुन्छ। तापनि म तपाईंसँग तपाईंको न्यायको बारेमा कुरा गर्न चाहन्छु: किन दुष्ट मानिसहरू सफल हुन्छन्? किन सबै अधर्मीहरू सुखी जीवन जिउँछन्? Viz kapitola |