न्यायकर्ता 9:54 - नेपाली नयाँ संशोधित संस्करण54 अबीमेलेकले तुरुन्तै आफ्नो हतियार बोक्ने जवानलाई बोलाएर भने, “झट्टै आफ्नो तरवार थुतेर मलाई खतम गर्, नत्रता एउटी स्त्रीले तिनलाई मारी भनेर मानिसहरूले भन्लान्।” यसैले त्यस जवानले तरवारले तिनलाई रोपिदियो, र तिनी मरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल54 तब अबीमेलेकले आफ्नो हातहतियार बोक्ने केटोलाई हतार-हतार बोलाएर भने, “तेरो तरवार थुतेर मलाई मार्। एउटी स्त्रीले मलाई मारी भन्ने कुरा फैलेको म चाहँदिनँ।” त्यस युवकले आफ्नो तरवार उनको शरीरमा रोपिदियो र उनी त्यहीँ मरे। Viz kapitolaपवित्र बाइबल54 अबीमेलेकले तुरन्तै आफ्ना हतियार बोक्ने सेवकलाई भने, “तेरो तरवार निकाल अनि मलाई मार। तैंले मलाई मारेको म चाहन्छु किनकि, ‘अबीमेलेकलाई एउटी स्त्रीले मारिन् भनेर।’” मानिसहरूले भन्लान। यसर्थ त्यो सेवकले अबीमेलेकलाई आफ्नो तरवारले रोपिदियो, अनि अबीमेलेकको मृत्यु भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण54 तिनले तुरुन्तै आफ्नो हतियार बोक्नेलाई भने, “आफ्नो तरवार थुतेर मलाई मारिदे, नत्रता फेरि तिनीहरूले ‘एउटी स्त्रीले त्यसलाई मारिन्’ भनेर भन्लान्।” यसकारण तिनको चाकरले तिनलाई तरवारले वारपार रोपिदियो र तिनी मरे। Viz kapitola |