न्यायकर्ता 9:4 - नेपाली नयाँ संशोधित संस्करण4 तिनीहरूले तिनलाई बाल-बरीतको मन्दिरबाट चाँदीका सत्तरी सिक्का दिए, र ती लिएर तिनले हुर्दुङ्गे तर साहसी मानिसहरूलाई भाड़ामा लिए, र तिनीहरू तिनको पछि लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 बाल-बरीतको मन्दिरबाट सत्तरी वटा चाँदीका सिक्का तिनीहरूले उनलाई दिए। तीबाट अबीमेलेकले एक दल बेकम्मा साहसी मानिसहरूलाई भाडामा लिए। Viz kapitolaपवित्र बाइबल4 यसर्थ शकेमका ती अगुवाहरूले अबीमेलेकलाई सत्तरी चाँदीका सिक्का दिए। त्यो चाँदी बालबरीत देवताको मन्दिरको थियो। अबीमेलेकले त्यो चाँदी केही मानिसहरू ज्यालामा ल्याउनमा प्रयोग गरे। यी मानिसहरू बेकामका, व्यपारी थिए। तिनीहरूले अबीमेलेकलाई जहाँ गए ता पनि पछ्याउँथे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तिनीहरूले उनलाई बाल-बरीतको मन्दिरबाट चाँदीका सत्तरी शेकेल दिए। अनि अबीमेलेकले चाँदीलाई काम नलाग्ने दुष्ट मानिसहरूलाई भाडामा लिनका निम्ति प्रयोग गरे, र तिनीहरू उनको पछि लागे। Viz kapitola |