न्यायकर्ता 9:27 - नेपाली नयाँ संशोधित संस्करण27 तिनीहरू आफ्ना दाखबारीहरूमा गए, पाकेका अंगूरहरू टिपे, र कोलमा पेले। त्यसपछि तिनीहरू आफ्नो देवताको मन्दिरमा चाड़ मनाउन गए। त्यहाँ तिनीहरूले खानपान गरेर अबीमेलेकलाई सरापे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 तिनीहरू सबै जना दाखबारीमा गए, दाख बटुले र दाखमद्य बनाए र उत्सव मनाउन लागे। तिनीहरू आफ्ना देवताको मन्दिरमा गए, त्यहाँ खाए, पिए अनि अबीमेलेकको हाँसो उडाउन लागे। Viz kapitolaपवित्र बाइबल27 एकदिन शकेमका मानिसहरू दाख टिप्न खेततिर गए। मानिसहरूले दाखरस तयार गर्नलाई अंगुरहरू निचारे। त्यसपछि तिनीहरूले आफ्ना देवताको मन्दिरमा चाड मनाउन गए। मानिसहरूले खाए पिए अनि अबीमेलेको बारेमा नराम्रा कुराहरू भने। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 तिनीहरू खेतमा गएर अङ्गुर बटुलेर पेले। त्यसपछि तिनीहरूले आफ्नो देवी-देवताको मन्दिरमा चाड मनाए। तिनीहरूले खाँदै र पिउँदै गरेको बेला तिनीहरूले अबीमेलेकलाई सरापे। Viz kapitola |