न्यायकर्ता 7:2 - नेपाली नयाँ संशोधित संस्करण2 परमप्रभुले गिदोनलाई भन्नुभयो, “मिद्यानीहरूलाई तिमीहरूका हातमा सुम्पिदिनलाई तँसित भएका मानिसहरू मलाई चाहिएको भन्दा धेरै छन्, नत्रता इस्राएलीहरूले मेरो विरुद्ध घमण्ड गर्नेछन्, र तिनीहरूको आफ्नै शक्तिले यो विजय प्राप्त गरेको हो भनी तिनीहरूले भन्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 परमप्रभुले गिदोनलाई भन्नुभयो, “तँसँग अति धेरै मानिसहरू छन्, म तिमीहरूलाई मिद्यानीहरूमाथि विजय हुन दिन चाहन्नँ। हामी आफैंले जितेका हौं भनी तिनीहरूले सोच्लान् र मलाई केही आदर नदेलान्। Viz kapitolaपवित्र बाइबल2 तब परमप्रभुले गिदोनलाई भन्नुभयो, “म मिद्यानका मानिसहरूलाई पराजित गर्न तिमीहरूलाई सहायता दिंदैछु। तर तँसित त्यो कामका निम्ति अनेक धेरै मानिसहरू छन्। म इस्राएलका मानिसहरूले मलाई बिर्सेर तिनीहरूले तिनीहरू स्वयंलाई आफ्नै शक्तिले बँचाएको भनी शेखी गरेको चाहँदिन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 याहवेहले गिदोनलाई भन्नुभयो: “मिद्यानीहरूलाई तिमीहरूका हातमा सुम्पिदिनलाई तँसित अति धेरै मानिसहरू छन्। नत्रता त इस्राएलले मेरो विरुद्ध घमण्ड गर्नेछ, ‘मेरो आफ्नै शक्तिले आफूलाई बचाएको हुँ।’ Viz kapitola |