न्यायकर्ता 6:37 - नेपाली नयाँ संशोधित संस्करण37 अब हेर्नुहोस्, म भेड़ाको ऊन खलामा राख्नेछु। यदि ऊनमा मात्रै शीत परेर त्यसको चारैतिरको जमिनचाहिँ सुक्खै रह्यो भने, मलाई यो कुरो निश्चय थाहा हुनेछ कि तपाईंले प्रतिज्ञा गर्नुभएझैँ मेरै हातद्वारा तपाईंले इस्राएललाई छुटाउनुहुनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल37 अब गहुँ कुट्ने ठाउँमा म केही भेडाका ऊन भूइँमा राख्नेछु। भोलि बिहान ऊनमाथि मात्रै शीत परेको छ र जमिन सुक्खै रहेछ भने म यो बुझ्नेछु कि तपाईंले इस्राएलीहरूलाई बचाउनका लागि मलाई काममा लगाउनुहुनेछ।” Viz kapitolaपवित्र बाइबल37 म भेंडाको ऊन ढीकीमा राख्नेछु। यदि भेंडाको ऊनमा मात्र शीत परेर सबै भूइँहरू सुख्खा रहेको भए म बुझ्ने छु कि तपाईंले भन्नु भए जस्तै इस्राएलका मानिसहरूलाई बचाउँनका निम्ति तपाईंले मेरो प्रयोग गर्नु हुनेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण37 हेर्नुहोस्, म खलामा ऊन राख्नेछु। त्यस ऊनमा मात्र शीत पर्यो र सम्पूर्ण जमिनचाहिँ सुक्खै रह्यो भने तपाईंले प्रतिज्ञा गर्नुभएझैँ इस्राएललाई मेरो हातद्वारा बचाउनुहुने रहेछ भनी म जान्नेछु।” Viz kapitola |