न्यायकर्ता 4:2 - नेपाली नयाँ संशोधित संस्करण2 यसकारण परमप्रभुले तिनीहरूलाई हासोरमा शासन गर्ने कनानी राजा याबीनको हातमा बेचिदिनुभयो। उनका सेनापति सीसरा थिए, जो हरोशेत हग्गोयिममा बस्थे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 यसकारण परमप्रभुले हासोर सहरमा राज गर्ने कनानी राजा याबीनको हातमा तिनीहरूको हार हुन दिनुभयो। याबीनको सेनापति सीसरा थियो। ऊ अन्यजातिहरू बास गर्ने हरोशेतमा बस्दथ्यो। Viz kapitolaपवित्र बाइबल2 यसर्थ परमप्रभुले कनानका राजा इस्राएलका मानिसहरूलाई पराजित गर्न याबीनलाई दिनु भयो। याबीनले हासोर नाउँ गरेको शहरमा शासन गर्थे। राजा याबीन सेनाका सेनापति सीसरा नाउँका व्यक्ति थिए। सीसरा हरोशेत हग्गोयिम नाउँको शहरमा बस्थे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 यसकारण याहवेहले तिनीहरूलाई हासोरमा राज गर्ने कनानका राजा याबीनका हातमा बेचिदिनुभयो। तिनको फौजको सेनापतिचाहिँ हेरोशेत-हग्गोयिममा बस्ने सीसरा थियो। Viz kapitola |