Online Bible

- Reklamy -




न्यायकर्ता 11:35 - नेपाली नयाँ संशोधित संस्करण

35 जब तिनले यिनलाई देखे तब तिनले आफ्‍नो लुगा च्‍यातेर भने, “हाय मेरी छोरी, तिमीले मेरो मनै भाँचिदिएकी छौ, तिमीले कस्‍तो कष्‍ट ममाथि ल्‍याएकी छौ। मैले परमप्रभुसित एउटा भाकल गरेको छु, र म त्‍यो टार्न सक्‍दिनँ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

35 यिप्‍ताले जब आफ्‍नी छोरीलाई देख्‍यो, अफसोस गरेर आफ्‍नो लुगा च्‍याते र भने, “हाय, मेरी छोरी! तिमीले मेरो हृदय खिन्‍न पारिदियौ। किन तिमीले मलाई कष्‍ट दिनुपर्‍यो? मैले परमप्रभुसँग एउटा गम्‍भीर प्रतिज्ञा गरेको छु र सो म टार्न सक्‍दिनँ!”

Viz kapitola kopírovat

पवित्र बाइबल

35 जब यिप्तहले आफ्नो घरबाट पहिला आफ्नै छोरीलाई निस्केको देखे तिनले आफ्नो अफसोस जनाउन आफ्ना बस्त्रहरू च्याते। जब तिनले भने, “हे, मेरी छोरी! तैंले मलाई शेष पारिस्। तैंले मलाई अति भन्दा अति अफसोसमा पारिस्। मैले परमप्रभुसित एउटा भाकल गरेको थिएँ अनि त्यसलाई म परिवर्तन गर्न सक्दिनँ!”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 जब यिप्‍ताले तिनलाई देखे, तब आफ्नो लुगा च्यातेर कराए, “अहो, मेरी छोरी! तिमीले त मलाई दुःखी बनायौ र बरबाद पार्‍यौ; किनकि याहवेहमा गरेको भाकल म तोड्न सक्दिनँ।”

Viz kapitola kopírovat




न्यायकर्ता 11:35

Následuj nás:

Reklamy


Reklamy