न्यायकर्ता 1:27 - नेपाली नयाँ संशोधित संस्करण27 तर मनश्शेले बेथ-शान, तानाक, डोर, यिबलाम र मगिद्दो र तिनका बस्तीहरूका बासिन्दाहरूलाई धपाएनन्। किनकि कनानीहरू ती ठाउँहरूमा बसिरहन मन गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 बेथ-शान, तानाक, डोर, यिबलाम, मगिद्दो र तिनका वरिपरिका सहरमा बस्ने मानिसहरूलाई मनश्शे कुलले धपाएनन् र त्यहाँ कनानीहरू बसिरहे। Viz kapitolaपवित्र बाइबल27 कनानी मानिसहरू बेतशान, तानाक, दोर, इब्लाम, मगिदो अनि ती शहरहरू वरिपरिका स-साना शहरहरूमा बस्दै थिए। मनश्शेका कुल समूहका मानिसहरूले ती मानिसहरूलाई ती शहरहरू छोड्न बाध्य तुल्याउन सकेनन्। यसकारण कनानी मानिसहरू त्यहाँ बसे। तिनीहरूले आफ्ना घर छोड्न अस्वीकार गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 तर मनश्शेले बेथ-शान, तानाक, डोर, यिबलाम, मगिद्दो र तिनीहरूका चारैतिर बसोबास गरेका मानिसहरूलाई धपाएनन्। किनकि कनानीहरूले त्यस देशमा बस्ने निश्चय गरेका थिए। Viz kapitola |