यशैयाको पुस्तक 66:4 - नेपाली नयाँ संशोधित संस्करण4 यसैले म पनि तिनीहरूसित कड़ा व्यवहार गर्नेछु, र तिनीहरूले डरले मानेका कुरा तिनीहरूमाथि ल्याउनेछु। किनकि मैले बोलाउँदा कसैले जवाफ दिएन। जब म बोलें, कसैले ध्यानै दिएन। जे मेरो दृष्टिमा खराब थियो, तिनीहरूले त्यही गरे, र जुन कुरा मलाई मन पर्दैन, त्यही तिनीहरूले चुने।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 यसकारण जुन कुरासित तिनीहरू डराउँछन्, त्यही विपत्तिहरू नै तिनीहरूमाथि ल्याउन मैले रोज्नेछु किनभने मैले बोलाउँदा तिमीहरू कसैले जवाफ दिएन, म बोल्दा कसैले सुनेन। मेरो आज्ञा नमान्न र दुष्कर्म गर्न नै तिनीहरूले रोजे।” Viz kapitolaपवित्र बाइबल4 यसैले तिनीहरूका आफ्नै छलकपट चलाउन भन्ने निर्णय गरें। मेरो तात्पर्य र मैले तिनीहरूलाई दण्ड दिएँ, तिमीहरूले असाध्य डराउने चीजहरू चलाएँ। मैले ती मानिसहरूलाई बोलाएँ तर तिनीहरूले सुनेनन्। म तिमीहरूसित बोलें तर तिनीहरूले कानमा तेल हाले। यसैले म त्यही कुरा तिनीहरूकालागि गर्नेछु। तिनीहरूले त्यस्ता कामहरू गरे जुन मैले दुष्टपूर्ण काम भनें। तिनीहरूले मैले मन नपराएका कामहरू गरे।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 यसकारण म पनि तिनीहरूका निम्ति कठोर व्यवहार रोज्नेछु; अनि तिनीहरूले डर मानेका कुरा नै तिनीहरूमाथि ल्याउनेछु। किनकि मैले बोलाउँदा कसैले जवाफ दिएन, जब म बोलेँ, कसैले सुनेन। तिनीहरूले मेरो नजरमा दुष्ट काम गरे, र मलाई मन नपर्ने कुरा रोजे।” Viz kapitola |