Online Bible

- Reklamy -




यशैयाको पुस्तक 65:12 - नेपाली नयाँ संशोधित संस्करण

12 म तिमीहरूलाई तरवारको निम्‍ति खटाउनेछु, र तिमीहरू सबै काटिनलाई निहुरनेछौ। किनकि जब मैले तिमीहरूलाई बोलाएँ, तब तिमीहरूले जवाफ दिएनौ। जब म बोलें, तब तिमीहरूले ध्‍यानसित सुनेनौ। मेरो दृष्‍टिमा जे खराब थियो, तिमीहरूले त्‍यही काम गर्‍यौ, र मलाई मन नपर्ने काम गर्न तिमीहरूले रोज्‍यौ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 तिनीहरूको भाग्‍यमा मैले निष्‍ठुर मृत्‍यु लेखिदिएको छु किनभने मैले बोलाउँदा तिमीहरूले जवाफ दिएनौ वा म बोल्‍दा मेरो कुरा सुनेनौ। मेरो आज्ञा नमान्‍न र दुष्‍कर्म गर्न नै तिमीहरूले रोज्‍यौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

12 तर म तिमीहरूको भविष्यको निर्णय गर्दछु। अनि तिमीहरू तरवारद्वारा मारिनेछौ, सबै भनेर पनि निर्णय गर्दछु। तिमीहरू सबै नै मारिने छौ। किनभने मैले तिमीहरूलाई बोलाएँ तर तिमीहरूले अस्वीकार गर्यौ, जवाफ दिएनौ। म तिमीहरूसँग बोलें अनि तिमीहरूले सुनेनौ। तिमीहरूले त्यही काम गर्यौ जुन मैले पापपूर्ण हो भनें। मैले मन नपराउने कामहरू नै तिमीहरूले गर्ने निर्णय गर्यौ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 म तिमीहरूलाई तरवारको निम्ति दिनेछु, र तिमीहरू सबै काटिनलाई घुँडा टेक्नेछौ; किनकि मैले तिमीहरूलाई बोलाएँ, तर तिमीहरूले जवाफ दिएनौ; मैले बोलाएँ, तर तिमीहरूले सुनेनौ। तिमीहरूले मेरो नजरमा दुष्‍ट काम गर्‍यौ र मलाई मन नपर्ने कुराहरू रोज्यौ।”

Viz kapitola kopírovat




यशैयाको पुस्तक 65:12

Následuj nás:

Reklamy


Reklamy